Back to overview

Glasses in Charge -An Animation Video on Nepali Local Governments

January 25, 2021

“Glasses in charge” tells a representative story of the current planning trend of Nepali local governments (LG, commonly known as Palika). It’s the story of Nepali LG representatives who are struggling to strike a balance between their dual identities: representative of the specific ward (smallest unit of Nepali LG system specially to bring service delivery closer to people) and member/official of the entire LG (Executive).

Being directly elected by the citizens of the wards, the ward chairs (who are the ex-officio members of the LG Executive) seem to be putting their wards before the common priorities of the entire Palika. This is due to a misconception that their first loyalty should be towards their own constituencies. This has led to an undermining of the existence of LG Executive to oversee the development priorities of the entire Palika. Besides, this has also led to an inefficient and haphazard distribution of means and resources ​in many small projects resulting in no substantial changes in the living standard of their population.

The “Glasses in charge” video tries to first acknowledge this growing trend and use it to initiate a wider discussion on LG planning trend. Through the use of glasses as a metaphor, the video urges the LG representatives to internalize their dual identities that come with dual roles and use them wisely in the public interest. Though implicitly, this video also appeals the local people to see themselves first as a resident of the entire Palika then only of the respective wards. It also urges the LG representatives to see wards and Palika as complimenting each other rather than adversaries in terms of planning.

This video is the first of a mini-series of animation videos on local governments prepared by International IDEA’s “Programme to Promote Coherence in Nepali Local Governments” (aka Coherence in short). The series will explore other pertaining issues of Nepali LGs, especially with regards to allocation of resources through storytelling. All these stories will come around decision-making process​es of Palika since the quality of decisions is directly influenced by how the decisions are made. This, in turn, affects the implementation of that decision. This is also the belief of Coherence Programme. Therefore, this mini-series is primarily and eventually about LG’s decision-making process.

For more information about Coherence Programme, please follow this link: https://youtu.be/MUm-Ku2GNXU

--------------------------------

भिडियोको बारेमाः “चस्माको वशमा”ले नेपाली स्थानीय सरकार (जसलाई पालिका पनि भन्ने गरिन्छ) को वर्तमान योजना निर्माणसम्बन्धी प्रवृत्तिलाई झल्काउने एउटा प्रतिनिधि कथा भन्छ। यो नेपाली स्थानीय सरकारका जनप्रतिनिधिहरूको यस्तो कथा हो जसलाई आफ्नो दोहोरो पहिचान - आफ्नो वडाको प्रतिनिधि र समग्र स्थानीय सरकारको कार्यपालिकाको सदस्य - बाट सिर्जित आफ्ना भूमिकाबिच सन्तुलन खोज्न हम्मेहम्मे परिरहेको छ । वडाका नागरिकबाट प्रत्यक्षरूपमा निर्वाचित हुने हुनाले वडा अध्यक्षहरू (जो स्‍थानीय कार्यपालिकाका पदेन सदस्य हुन्छन्) मा आफ्नो पहिलो वफादारी आफ्नै वडाका मतदाताप्रति हुनुपर्छ भन्ने गलत बुझाइ छ। यसले गर्दा साधनस्रोतको बाँडफाँडका बखत उनीहरूले आफ्नो वडालाई सिङ्गो पालिकाको साझा प्राथमिकताभन्दा अघि राख्ने गरेको देखिन्छ । यसले समग्र पालिकाको विकास प्राथमिकता हेर्नको लागि बनेको स्थानीय कार्यपालिकालाई कमजोर र अप्रभावकारी त बनाउँछ नै, स-साना टुक्रे योजनामार्फत् साधन र स्रोतको जथाभावी बाँडफाँडलाई पनि प्रोत्साहन गर्छ जसले जनताको जीवनस्तरमा तात्विक भिन्नता ल्याउन कुनै खास योगदान गर्दैनन् । यो भिडियोले सर्वप्रथम त स्थानीय सरकारको योजना निर्माणमा हावी भइरहेको यो परिपाटीलाई प्रकाशमा ल्याउन खोजेको छ र यस विषयमा बृहत् छलफलको बाटो खोल्ने प्रयत्न गरेको छ । चस्मालाई बिम्बको रूपमा प्रयोग गरेर यस भिडियोले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई आफ्ना दुई फरक भूमिकाहरू र तीसँगै आउने फरक जिम्मेवारीलाई आत्मसात् गर्न र तिनलाई नागरिकको हितमा बुद्धिमतापूर्वक प्रयोग गर्न आग्रह गरेको छ । र अप्रत्यक्ष रूपमा यसले स्थानीय जनतालाई पनि आफूलाई पहिले पालिकाको अनि बल्ल वडाको निवासीको रूपमा हेर्न आग्रह गर्छ । योसँगै यसले पालिकाका जनप्रतिनिधिलाई पनि वडा र पालिकालाई विरोधी वा भिन्न पक्षका रूपमा नभई एकअर्काका परिपूरकका रूपमा हेर्न आह्वान् गर्छ।

यो भिडियो इन्टरनेशनल आइडियाको “स्थानीय सरकारमा तादात्म्य प्रवर्द्धन कार्यक्रम - कोहेरेन्स” ले तयार पारिरहेको स्थानीय सरकारबारे एनिमेशन भिडियो लघुश्रृङ्खलाको पहिलो कथा हो । यो श्रृङ्खलामार्फत् नेपाली स्थानीय सरकारका, विशेष गरी स्रोतको बाँडफाँडसँग सम्बन्धित विभिन्न जल्दाबल्दा मुद्दाहरूलाई कथात्मक रूपमा प्रस्तुत गरिनेछ । यी सबैजसो कथाहरू कतै न कतै पालिकाको निर्णय प्रक्रियासँग आएर ठोक्किन्छन् किनकी निर्णय कसरी गरियो भन्ने कुराले कस्ता निर्णय गरिए भन्ने कुरामा प्रत्यक्ष प्रभाव पार्छ। र यी दुवैले निर्णयको कार्यान्वयन कस्तो भयो वा हुने भन्ने कुरालाई सीधै असर गर्छन् भन्ने यो कार्यक्रमको विश्वास हो । त्यसैले यो लघुश्रृङ्खला प्रथमतः र अन्ततः पालिकाहरूको निर्णय प्रक्रियाबारेको कथा हो । कोहेरेन्स कार्यक्रमबारे थप जान्नको लागि यहाँ हेर्नुहोस् – https://youtu.be/MUm-Ku2GNXU

Close tooltip